Saturday, November 2, 2024

Message from the Founder

सम्पूर्ण खेलप्रेमी महानुभावहरुमा नमस्कार ।”स्वास्थको लागि खेल अपरिहार्य” भन्ने मूल मन्त्र बोकेर फुटबल खेललाई थप उचाइमा पुर्याउनको लागि हामी यहाँहरूसमक्ष आएका छौँ । एकदशक नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडीको रूपमा खेल्दा लिएको ज्ञान र “पूर्व नेपाल अन्तरराष्ट्रिय AFC” द्वारा प्रमाणित प्रशिक्षक पदमा रहेर लामो समयसम्मको कार्य अनुभूति र कौशलताले गर्दा हाल “Fun Roots Academy” मा व्यवसायिक प्रशिक्षकको रूपमा काम गर्दै आइरहेको छु । लगभग तीन करोड जनसंख्या रहेको नेपालमा फुटबल एक लोकप्रिय खेल बनेको यस खेलले अत्याधिक सम्भावना बोकेको छ । विभिन्न तहका राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेल खेल्दै आएको नेपाली फुटबललाई अझ उपलब्धिमूलक बनाउनको लागि कुशल प्रशिक्षक तथा युवा खेलाडी उत्पादन एवं प्रशिक्षण केन्द्रहरू आजको आवश्यकता हो । नेपाली फुटबललाई भविष्य बनाउन चाहने विद्यार्थीहरूका लागि एउटा फुटबल एकेडमी केन्द्र संचालन गरी प्रशिक्षण दिन अत्यन्तै उत्सुक भएको कुरासमेत जानकारी गराउन चाहन्छौँ । विशेष गरी जोश, जाँगर तथा इच्छाशक्ति हुँदा हुँदै पनि विद्यालय जानबाट बञ्चित बालबालिकाहरूलाई फुटबल खेलमार्फत औपचारिक शिक्षातिर प्रेरित गर्नु नै हाम्रो मूल उद्देश्य रहेको छ । यसै अन्तर्गत हाल जापानमा हुँदै आएको Copa Puma Toreros Cup मा विगत ३ वर्षदेखि नेपाली टिमलाई सहभागी गराउँदै आएको र सन् २०१६ को Copa Puma Toreros Cup मा सहभागी मध्ये २ खेलाडी हालको under १६ मा पर्न सफल भएका छन् । यसरी खेलप्रति लगाव हुँदा हुँदै पनि खेलबाट पछाडी अर्थात् ओझेलमा परेका बालबालिकाहरूलाई खेलमा उजागर गर्नु नै हाम्रो मुख्य उद्देश्य रहेको साथै फुटबल खेलप्रेमी बालबालिकाहरूको खेल प्रतिभा को उजागर गर्नुसमेत यसको मूल उद्देश्य रहेको छ । खेलप्रेमी तथा सहयोगी महानुभावहरुको एक्यबद्धताको साथ लिंदै हाम्रा यस किसिमका उद्देश्यहरुलाई साकार पार्नको लागि र खेलप्रेमी बालबालिकाहरूलाई फुटबल खेलमा नै सुन्दर भविष्य निर्माणमा कटिबद्ध भएर सुरक्षित र सुदृढ ब्यवस्थापनका साथ गुणस्तरीय खेलको लागि हामी अनवरत लागिपरेका छौँ ।

यस कार्यको लागि यहाँहरूको तर्फबाट पनि बिभिन्न खालका सुझाब, सल्लाह तथा अमूल्य सहयोगको अपेक्षा गर्दछौँ ।
धन्यवाद ।
-Mr. Basanta Gauchan