Thursday, November 28, 2024

जापानमा हुने भनिएको जुनियर फुटवल प्रतियोगिता रद्द

टोकियो – विगत १० वर्षदेखि जापानमा हुँदै आएको १२ वर्ष मुनिका अन्तर्राष्ट्रिय जुनियर फुटवल प्रतियोगिता यही मार्च २०, २१ र २२ मा हुने तय भएकोमा महामारीको रुप लिईरहेको कोरोना भाइरसको त्रासका कारण रद्द भएको छ ।

आयोजित कोपा पुमा तोरेरस प्रतियोगितामा भाग लिनका लागि नेपालबाट एक प्रशिक्षकसहित १५ जना जुनियर खेलाडी जापान आउने तयारी भईरहेकोमा कोरोना भाइरसले गर्दा उत्पन्न संवेदनशनील परिस्थितिका कारण यो वर्ष सो प्रतियोगिता रद्द गरिएको स्रोतले बतायो ।
उक्त प्रतियोगितामा नेपाली खेलाडी सहभागी गराउन समन्वयकारी भूमिका खेल्दै आएको नेपाल युथ सकर प्रोजेक्टका अध्यक्ष बसन्त गौचनका अनुसार यसै वर्षदेखि अल नेपाल फुटबल एसोसियशन (एन्फा) र प्रोजेक्टबीच समझदारी भईसकेको छ ।

‘परिस्थितिवश यो वर्ष प्रतियोगिता रद्द हुन पुग्यो, यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’ – अध्यक्ष गौचनले भने- ’परिस्थितिले साथ दिएमा हामी अर्को वर्षदेखि यसलाई पुनः निरन्तरता दिने छौं ।’***

Published with/through official news media company
www.samudrapari.com